newskoseli.Com

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

इथियोपियाको राजधानी अदिस अबाबानजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ४६ पुगेको छ । यस पहिरोमा परी अन्य दर्जनौ घाइते भएका अधिकारीहरुले सोमबार जानकारी दिए ।यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिहरुमा ३२ महिला र १४ पुरुष रहेका र ती मध्ये केही बालबालिकासमेत रहेका बताएको छ ।

‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी दर्जनौँ पुरिएका बताइए पनि क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन । बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको बताएको छ । यस पहिरो प्रभावित इलाकामा ३ सय भन्दा बढी व्यक्तिहरुको बसोबास रहेको अनुमान गरिएको छ ।शनिबार राति गएको पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर