newskoseli.Com

पटाका कारखानामा आगलागी ५ काे मृत्यु

दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा ५ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिए । तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाएको छ ।

यस आगलागीमा परी ३ महिलासहित ५ व्यक्तिको मृत्यु हुनको साथै अन्य ४ जना घाइते भएका छन् । यस घटनामा मारिएका र घाइते भएका व्यक्ति पटाका कारखानामा काम गर्ने स्थानीय बासिन्दा रहेका बताएको छ । सो घटनामा घाइते भएका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर