newskoseli.Com

युद्धमा मारिए ३ लाख २० हजार !

सिरियामा जारी युद्धमा ६ वर्षको अन्तरालमा मृत्यु हुने नागरिकको सङ्ख्या ३ लाख २० हजार पुगेको सिरियाली मानवअधिकार समूहले सोमबार जनाएको छ ।

उक्त मानवअधिकारवादी संस्थाले आफ्नो तथ्याङ्कमा जनाएअनुसार ३ लाख २० हजार मृतकमध्ये १७ हजार ४ सय बालबालिका र ११ हजार महिला रहेका छन् ।

तथ्याङ्कमा सरकारी सुरक्षा बल तथा सहयोगी लडाकु दस्तातर्फबाट मृत्युवरण गरेका १ लाख १४ हजार ४ सय ७४ व्यक्ति पनि समावेश भएको बताइएको छ ।

घाइते हुने सिरियाली विद्रोही र कुर्दिस लडाकुको सङ्ख्या ५५ हजार रहेको उक्त संस्थाले जनाएको छ । तथ्याङ्कअनुसार विगत ६ वर्षमा अलकायदाआवद्ध सिरियाली अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेट (आईएस) समूहका ५६ हजार लडाकु समेत मारिएका छन् ।

सन् २०११ को मार्च ११ मा सिरियाली सरकार, विपक्षी र केही बाहिरी शक्तिबीचको राजनीतिक सन्तुलन नमिलेपछि युद्ध सुरु भएको थियो । रसियाले सिरियाली राष्ट्रपति बसर अल असदलाई दरो रूपमा सहयोग गर्दै आएको छ भने टर्की, अमेरिकालगायत केही मुलुकले विद्रोहीको अधिकारका लागि सहयोग पुर्‍याउँदै आएको बताइन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर