newskoseli.Com

किन छाडिए राष्ट्रपति कार्यालयमा ९ वटा कुकुर ?

दक्षिण कोरियाकी अपदस्थ राष्ट्रपति पार्क गेउन हेले राष्ट्रपति कार्यालय “ब्लु हाउस” मा आफ्ना ९ ओटा कुकुर छाडेकी छन् ।

आइतबार राष्ट्रपति कार्यालय छाडेर आफ्नै निजी निवासमा सरेकी पार्कले ४ वर्ष अगाडि आफ्ना साथीले उपहारस्वरुप दिएका कुकुर राष्ट्रपति कार्यालयमै छाडेकी हुन् ।

स्थानीय एक समाचारपत्रले शुक्रबार लेखेअनुसार उनलाई राष्ट्रपति कार्यालय प्रवेश गर्ने बेला सन् २०१३ को फेब्रुअरी २५ मा उनका छिमेकीले उपहारस्वरुप २ वटा शिकारी कुकुर दिएका थिए । सोलको दक्षिणी जिल्लामा रहेको पार्कको निजी निवासका छिमेकीले उनलाई कुकुर उपहार दिएका हुन् ।

पार्कको राजनीतिक आधारक्षेत्र मानिने दक्षिणपूर्वी ग्येङसानङ प्रदेशबाट ती कुकुर ल्याइएका थिए । ती कुकुर विशुद्ध उपहार मात्रै नभई पार्ककै आग्रहमा ल्याइएका थिए ।

उपहार दिनेले उनलाई २ वटा मात्रै कुकुर दिएकोमा ७ ओटा केही दिनअघि मात्रै राष्ट्रपति कार्यालयमै जन्मिएका थिए । ती सबैलाई पार्कले राष्ट्रपति कार्यालयको पछिल्लो भागमै छाडेकी हुन् ।

संवैधानिक अदालतले महाअभियोगको फैसला गरेको दुर्इ दिनमा उनले राष्ट्रपति कार्यालय खाली गरेकी थिइन् । उनी महाअभियोग लागेर अपदस्त हुने दक्षिण कोरियाकै पहिलो राष्ट्रपति हुन् ।

पार्कले कुकुरलाई त्यहाँ छाडेर कुकुरप्रति हिंसा गरेर जनावर रक्षाको कानुन उलङ्घन गरेको आरोप जनावर अधिकारवादीको एउटा समूहले लगाएको छ। सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको छ । उनीबाट कानुनको उल्लङ्घन भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर