newskoseli.Com

सिरिया ध्वस्त पार्ने इजरायलको धम्की !

इजरायली रक्षामन्त्री अभिगडोर लाइवरमेनले आइतबार सिरियाली सेनाले जमिनबाट आकाशमा हान्ने क्षेप्यास्त्रको प्रयोग गरी इजरायली युद्धक विमानलाई आक्रमण गरेको भन्दै आफूहरूले चाहेमा सिरियाली हवाई रक्षा प्रणालीलाई नै ध्वस्त पारिदिन सक्ने बताएका छन् ।

‘यदि फेरि पनि सिरियाली सेनाले आफ्नो हवाई रक्षा प्रणालीको प्रयोग गरी हाम्रा विमानमाथि आक्रमण गरेमा सिरियाको हवाई रक्षा प्रणालीलाई कुनै हिच्किचावटविना नै ध्वस्त पारिदिनेछौं’– लिवरमेनले इजरायली सरकारी रेडियोसँगको कुराकानीमा बताए ।

यसअघि इजरायली युद्धक विमानले शुक्रबार कयौं पटक सिरियाली क्षेत्रमा आक्रमण गरी लेवनानी सिया हेजबुल्लाह आन्दोलनमा सहयोगार्थ हिँडाइएका हतियारलाई लक्षित गरी आक्रमण गरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका थिए ।

यसरी इजरायली युद्धक विमानद्वारा गरिएका आक्रमणका क्रममा सिरियाली सेनाले एक इजरायली युद्धक विमानलाई जमिनबाट क्षेप्यास्त्र आक्रमण गरी खसालेको थियो भने अर्को एक विमानमा पनि आक्रमण गरेको थियो । तर, इजरायली सेनाले आफ्ना कुनै विमानमा आक्रमण नगरिएको बताएको थियो ।

इजरायली सञ्चारमाध्यमले बताएअनुसार इजरायली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘सिरियाद्वारा युद्धक विमानमाथि कयौं हतियारको.निसाना बनाइए पनि सबै निरर्थक बनेका थिए । एउटा क्षेप्यास्त्र आक्रमणलाई इजरायली ‘एरो’ हवाई रक्षा प्रणालीले अवरुद्ध गरी आकाशमै निस्क्रिय पारिदिएको छ ।’

‘सिरियाबाट लेबनान निर्यात गर्न लागिएका हतियारलाई कुनै बेला पनि रोक्न हामीले प्रतिरोध गर्नेछौं’– लिवरमेनले इजरायली रेडियोसँगको अन्तर्वार्तामा बताए । उनले आफ्नो देशले सिरियाली गृहयुद्धमा हस्तक्षेप गर्ने वा रसियासँग विवादमा तानिने चाहना नराखेको तर इजरायलको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर