newskoseli.Com

बिजुली गीत

 

 

 

 

 

 

यो झिलीमिली बिजुली बत्ती कहाँ गाथ्यो होला ?
कसैले कतै सुटुक्कै बेची लुकेर खाथ्यो होला ?
भन न भन सही सत्य कुरा के चैं भाथ्यो होला ?
यो झिलीमिली … !

अठार घन्टा अँध्यारो हुन्थ्यो लक्ष्छिना सरकारमा !
यसरी बत्ती बल्छ भन्ने त थिएन सपनामा !
पाहुनाजस्तो झिलिक्क आउँदा हुन्थ्यो जयजय
ती कुरा आज सम्झेर ल्याउँदा सपनासरि भए ।

खोलामा पानी पोहोर पनि उस्तै आथ्यो होला ?
कोही त बोल भित्री कुरो के चैं भाथ्यो होला ?
झिलीमिली … !

बिजुलीजस्तै लुकेका कुरा अझै कति होलान् !
ती ठाउँले नि जनार्दन र कुलमान कुर्दै होलान् !
कहिलेसम्म लुकीचोरी जनतालाई डस्ने ?
जनतामारा मुलुकमारालाई पाता कैले कस्ने ?

लुटेको धन भागबिलो हुँदै काँ–काँ गाथ्यो होला ?
खोतल, खोल देख्नेले बोल, के चैं भाथ्यो होला ?
झिलीमिली … !

२०७३|१२|०८
ढल्को

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर