newskoseli.Com

विमान आक्रमणमा परी २६ लडाकूको मृत्यु

अफगानिस्तानको पूर्वी राज्य नानगार्हारमा भएको चालकरहित विमान (ड्रोन) आक्रमणमा परी इस्लामिक स्टेट (आइएस) समुह आबद्ध कम्तीमा २६ जना लडाकुको मृत्यु भएको छ । लुकेर बसेका ती आइएस आतङ्ककारी लक्षित सो आक्रमण भएको सो प्रान्तमा प्रहरी प्रवक्ताले जनाकारी दिएको छ ।

आचिन जिल्लामा २४ र २ जना नाजिआन जिल्लामा भएको ड्रोन आक्रमणमा मारिएका प्रहरीले मङ्गलबार जनाएको छ । अफगानिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका लडाकू विरुद्ध अमेरिकी सेना आवद्ध ड्रोन हुँदै आएको पाइन्छ । राजधानी काबुलदेखि १ सय २० किलोमिटर पूर्वतर्फ पर्ने नानगार्हार र जलालाबादमा विषेशगरेर आइएस समुहका लडाकुले हिंसात्मक गतिविधि गर्दै आएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर