यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन अप्रिल २९ लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाएकाे छ। बेलायतले मार्च २९ मा बे्रक्जिटका
विषयमा औपचारिक प्रक्रिया शुरु गर्न आफ्ना धारणा सहितको पत्र इयूलाई पठाइन लागेको भनी बेलायत सरकारले सोमबार जनाएको थियो ।
”लण्डनले बेलायतको बहिर्गमनका विषयमा सोमबार जे भनेको थियो मैले तपाईहरुलाई यो जानकारी गराउछु कि यूरोपियन काउन्सिलको बैठक २९ अप्रिल शनिबारका दिन बोलाउने छु र यसले बे्रक्जिटबारे दिशा निर्देश गर्नेछ,” टस्कले ब्रसेल्समा पत्रकार सम्मेलन गरी बताए ।