newskoseli.Com

बम आक्रमणमा ४ को मृत्यु

नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज समर्वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।

गत सोमबार पनि नाइजेरियाको बेनु राज्यमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर