newskoseli.Com

चार साहित्यकारलाई विभिन्न पुरस्कार प्रदान

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालको वार्षिकोत्सवको अवसरमा आज चार साहित्यकारलाई पुरस्कार प्रदान तथा सम्मान गरिएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा ‘दायित्व वाङ्मय विशिष्ट सम्मान–२०७३’ साहित्यकारद्वय तेजेश्वरबाबु ग्वंग र नगेन्द्रराज शर्मालाई प्रदान गरियो ।

त्यसैगरी ‘दायित्व वाङ्मय सम्मान–२०७३’ र ‘हरिकला गुणकार रचना पुरस्कार–२०७३’ क्रमशः साहित्यकारद्वय वासुदेव उपाध्याय ढकाल र प्रह्लाद पोखरेललाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

पुरस्कार प्रदान गर्नुका साथै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यकारद्वय रामप्रदाद पन्तद्वारा लिखित ‘साहित्यिक यात्रा’ (नियात्रा) र घनश्याम पुडासैनीद्वारा लिखित ‘आत्मघातपछिको अभिव्यक्ति’ (कथा) र ‘गणेशमान सिंह ः जन्मशताब्दी विशेषाङ्क’ (पूर्णाङ्क ९९) को विमोचन गरे।

लेखकले आफ्ना मानसपटलमा परेका प्रभावका आधारमा सङ्क्षेपमा ‘साहित्यिक यात्रा’ (नियात्रा) मा समावेश गरिएको छ । त्यसैगरी ‘आत्मघातपछिको अभिव्यक्ति’ (कथा) मा समाजमा विद्यमान गरिवी नारीपीडा र बढ्दो पासविक प्रवृत्तिलाई समेटिएको छ ।

सोही अवसरमा प्रतिष्ठानका कुलपति सरुभक्तले नेपाली साहित्यको क्षेत्रमा प्रकाशित सबैखालका पुस्तक खोजतलास गरी सङ्ग्रहित गर्नुपर्नेमा जोड दिएका थिए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर