newskoseli.Com

मारिए अल कायदा कमान्डर

पाकिस्तानको सुविधासम्पन्न हाटेललगायत पाकिस्तानमा भएका ठूलठूला आक्रमणमा आबद्ध रहेका अल कायदाका उच्चस्तरीय कमान्डर अफगानिस्तानमा भएको एक हवाई आक्रमणमा मारिएका छन् । वासिङटनले शनिबार सो जानकारी दिएको छ ।

पाकिस्तानी तालिवान तेहरिक ई तालिवान समूह आबद्ध कारी यासिन मार्च १९ का दिन अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको हवाई आक्रमणमा मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जानकारी दिएको छ ।

यासिन मारिएको पुष्टि गर्नु हुँदै अमेरिकी विदेशमन्त्री जिम मार्टिसले विशेषगरी निर्दोष व्यक्ति लक्ष्य बनाउने यस व्यक्ति न्यायको कठघराबाट भाग्न नपाउने बताएका छन् ।

सन् २००८ को सेप्टेम्बर २० मा इस्लामावादको मार्रिओट होटेलका भएको आक्रमणमा यासिन आबद्ध रहेका बताइएको छ । यसमा परी दुई अमेरिकी नागरिकसहित दर्जनौं व्यक्तिको मृत्यु भएको थियो ।

पाकिस्तानी अधिकारीका अनुसार यासिनले सन् २००३ मा पूर्वराष्ट्रपति पर्भेज मुसरफ र सन् २००४ प्रधानमन्त्री पदमा रहेका शाउकात अजिजको असफल हत्याको प्रयासमा समेत हात रहेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर