newskoseli.Com

१ महिनाभित्र ३ सय इराकी मारिए : राष्ट्रसङ्घ

इराकको इस्लामिक स्टेट (आईएस) समूहको पडक क्षेत्र मानिँदै आएको पश्चिमी मोसुलमा इराकी सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तिमा ३ सय इराकी सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ मानवअधिकार कार्यालय इराकस्थित राष्ट्रसङ्घको सहयोग मिसनले पुष्टि गरेको सूचनाअनुसार फेब्रुअरी १७ देखि मार्च २२ सम्ममा सेनाद्वारा गरिएका हवाई आक्रमणमा ३ सय ७ सर्वसाधारणको मृत्यु भएको राष्ट्रसङ्घ मानवअधिकार कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस बाहेक मार्च २३ देखि २६ सम्म भएका थप कारबाहीमा पश्चिम मोसुल र वरपरका क्षेत्रमा ९९ जनाको मृत्यु भएको खबर प्राप्त भएका छन् । पछिल्ला दिनमा कति सर्वसाधारणको भृत्यु भएको थियो भन्ने कुराको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।

इराकी सेनाले इराकको दोस्रो ठूलो सहर मोसुलबाट जिहादी विद्रोहीलाई हटाउने प्रयास स्वरुप लगातार स्थल तथा हवाई आक्रमणलाई तीब्र पारिएको बताइएको छ ।

इराक र अमेरिकी रक्षा विभागले गत हप्ता मोसुलमा भएका हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको भन्ने सूचनाबारे छानबिन सुरु गरेको बताएको छ । विभागले उक्त कारबाहीमा दर्जनौं मानिसको मृत्यु भएको आफूलाई जानकारी प्राप्त भए पनि केही सञ्चार माध्यममा सयौं मानिसको मृत्यु भएको भनी आएका खरबप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

संयक्त राष्ट्रसङ्घ मानवअधिकार प्रमुख जैयद राउद अल हुसैनले विभागले सुरु गरेको अनुसन्धानको स्वागत गर्दै राष्ट्रसङ्घले गठबन्धन सेनालाई मृतक सङ्ख्याका आधारमा आलोचना नगरेको तर ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु भएको भनी आएका समाचारप्रति ध्यानाकर्षण गराउन चाहेको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर