newskoseli.Com

सरकारी अाक्रमणमा ४७ विद्रोही मारिए, ५१ घाइते

फाइल तस्बिर

अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा अफगान सुरक्षा बलले तालिवान विद्रोहीको अखडालाई लक्ष्य गरी गरेको कारबाहीका क्रममा कम्तिमा ४७ जना सशस्त्र विद्रोही मारिनुका साथै ५१ जना घाइते भएका छन् ।

फराह प्रान्तका वरिष्ठ सैनिक अधिकारी रज मोहमद आर्याखिलले उक्त समाचारको पुष्टि गरेका छन् । फराह प्रान्तको बाला ब्लक जिल्लामा अवस्थित तालिवान विद्रोही अखडालक्षित कारबाहीमा ४७ तालिवान विद्रोहीको मृत्यु हुनुका साथै ५१ जना घाइते भएका अार्याखिलले बताएका हुन् ।

सुरुमा दिइएको समाचारअनुसार यस कारबाहीमा परी ३० विद्रोही मारिनुका साथै ४१ जना घाइते भएका थिए । पछि यो सङ्ख्या बढेर ४७ पुगेको हाे । सुरक्षा कारबाही जारी रहेको बताइएको छ । फराह प्रान्तमा सक्रिय रहेका तालिवान विद्रोही समूहले भने यस विषयमा केही टिप्पणी गरेका छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर