newskoseli.Com

एसईई परीक्षार्थीका लागि १ रूपैयाँमै प्रिपेड सिम !

जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ को माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।

यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रूपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म आफ्ना ५ वटा मार्इ फाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबार ९२० चैत ० देखि लागू हुनेछ । एसईईका परीक्षार्थीले आफ्नो प्रवेशपत्र र आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्तर्गत परीक्षार्थीले सिम खरीद गरी ५० रूपैयाँ वा सोभन्दा बढीको रिचार्ज गरेपछि कुनै अतिरिक्त शुल्कविना मार्इ फाइभ समूहका ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । मार्इ फाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समावेश गर्न सक्छन् ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास  डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई मार्इ फाइभ समूहमा राख्न सक्नेछन् । मार्इ फाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको करबाहेक ५ रूपैयाँ शुल्क लाग्नेछ ।

‘‘एसईई २०७३ का परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हर्षित छौं । हामीलाई आशा छ, यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई  सम्बोधन गर्नेछ”– एनसेलका कर्पोरेट संवादविज्ञ मिलन शर्माले भने । यो योजना सुरु भएको दिनदेखि ९० दिन सम्मका लागि मान्य रहनेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर