newskoseli.Com

रामनवमीको अवसरमा चन्द्रागिरिमा निःशुल्क कन्सर्ट

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्समा रामनवमीको अवसरमा चैत २३ गते निःशुल्क कन्सर्ट हुने कम्पनीले जनाएको छ ।

रामलीला शो, स्ट्याण्डअप कमेडीसहित शिव परियारको बेजोड प्रस्तुति रहने उक्त कार्यक्रमको समायोजन तथा व्यवस्थापन दिनेश डी.सी. प्रोडक्सनले गर्नेछ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेको छ ।

भ्यु टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । चन्द्रागिरि केबलकारको भ्रमणमा जाने सबैलाई उक्त कन्सर्टमा निःशुल्क सहभागिताको सुविधा प्रदान गरिने चन्द्रागिरि हिल्स प्रा.लि. ले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर