newskoseli.Com

आइएस र सरकारी सेनाबीचको भीडन्तमा ५५ जना मारिए

सिरियाको डेर अल जौरको अस्पताल परिसर कब्जा गर्न गएका अतिवादी इस्लामिक संगठन आइएस लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् ।

मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू रहेको जनाइएको छ । घटनामा अस्पतालका केही कर्मचारीलाई आईएस कार्यकर्ताले कब्जामा लिएका छन् ।

सिरियाको पूर्वी क्षेत्रमा रहेको अल असाद अस्पताल कब्जा गर्न गएका आईएस लडाकूलाई लामो भिडन्तपछि उक्त स्थानबाट लखेट्न सिरियाली सरकार सफल भएको छ ।

लडाकूले उक्त स्थानमा दुई वर्षदेखि सरकार नियन्त्रित क्षेत्र आफ्नो कब्जामा लिनुका साथै दुई लाखभन्दा बढी सर्वसाधारणलाई चेपुवामा पार्दै आएका थिए । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर