newskoseli.Com

पनामा दस्तावेजमा अभिताभ बच्चन र ऐश्वर्या पनि तानिए

बलिउडका अभिनेता अमिताभ बच्चन कर छलीको विवादमा मुछिएका छन् । संसारमै सबैभन्दा गोप्य ढंगले काम गर्ने मानिएको पनामाको मोसाक फोन्सेका कम्पनीको हालै लिक भएको एक करोड दश लाख गोप्य दस्तावेजमा अमिताभ बच्चनको समेत नाम रहेको जनाइएको छ ।

अमिताभ बच्चनका अतिरिक्त उनकै बुहारी तथा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको नाम पनि सो दस्तावेजमा रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

मध्य अमेरिकी देश पनामाको एक कम्पनीमार्फत उनीहरुले कालो धन लुकाएको उक्त दस्तावेजमार्फत खुलासा भएको हो ।

दस्तावेजका अनुसार अमिताभ बच्चन सन् १९९५ मा ‘एबीसीएल’ कम्पनी स्थापित गर्नुभन्दा दुई वर्षअघि चार शिपिङ कम्पनीमा निर्देशकका रुपमा नियुक्त थिए । ती चारै कम्पनी ‘ट्याक्स हेभेन’ मा सूचीकृत रहेको बताइन्छ ।

त्यसैगरी ऐश्वर्या राय र उनका परिवार १४ मई २००५ मा एमिक पार्टनर्स लिमिटेडको निर्देशक बनाइएका थिए । ५० हजार डलरको लगानीबाट सुरु भएको सो कम्पनी स्थापनामा पनामाको एक फर्मले मद्दत गरेको थियो । ऐश्वर्या करिब तीन वर्ष सो कम्पनीमा आवद्ध रहेको दस्तावेजमार्फत खुलासा भएको हो ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर