newskoseli.Com

विद्यालय बन्द गरेर यार्सागुम्बा संकलन गर्न विदयार्थी लेकतिर

यस वर्षको यार्सागुम्बा संकलन दार्चुलामा शनिबारबाट शुरु भएको छ । जिल्लाभरीका यार्सागुम्बा पाइने क्षेत्रमा यार्सागुम्बा संकलन शूरु भएको हो ।

यार्सागुम्बा घुसा गाविसको लोलु, रोखापु, सातगंगता, सितोलाको चाइमटेला, खण्डेश्वरीको धरमघर, काटै, गुल्जरको धरमघर, व्यासको नाम्पा क्षेत्र, र राप्लाको दुधीवन क्षेत्रमा यार्सा संकलन हुने गर्दछ ।

 

अपि नाम्पा संरक्षण क्षेत्र परिषदको निर्णय अनुसार जेठ १ गतेबाट यार्सागुम्बा संकलन शुरु गर्ने निर्णय गरेको थियो । जिल्लाको सबैभन्दा बढि यार्सा संकलन गर्न जाने लोलुमा बाह्य संकलन घटेका छन् ।

लालुमा बाह्य जिल्लाबाट आउने संकलकको संख्या पाँच सय पनि पुगेको छैन, अपि नाम्पा संरक्षण घुसा गाउँ समितिका अध्यक्ष कमानसिह धामीले भने,–‘संरक्षण बाहिरका गाविसमा पनि संकलक घटेका छन् ।’

यस वर्ष यार्सागुम्बा कम पाइने आंकलन गरिएको छ । समयमै वर्षा र हिउँ पर्न नसकेको कारण यार्सा घट्ने अनुमान गरिएको धामीले बताए । अहिले वर्षा भइरहेको छ, यसले यार्सागुम्बालाई कुहाउने काम गर्छ ।

यसैबीच अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले एक सूचना जारी गर्दै यार्सा गुम्बा संकलन अनुमतिको लागि बैशाख ३० गतेदेखि जेठ १३ गतेसम्मको लागि समयावधि तोकेको छ । सो समयावधि भित्र रितपूर्वक आवेदन दिन हुन सबैमा आग्रह गरेको हो ।

अहिलेसम्म सबै ठाउँमा कति संकलहरु यार्सा संकलनमा गए भन्ने यकिन तथ्यांकन नभएको अपि नाम्पा संरक्षण कार्यालयका संरक्षण अधिकृत भूमीराज उपाध्यायले बताए ।

घुसा, खण्डेश्वरी, गुल्जर, सितोला, राप्ला र व्यास गाविसमा यार्सा संकलकको तथ्यांक संकलन गरिएपनि जिल्लासम्म तथ्यांक आइ नपुगेको कार्यालयले जनाएको छ ।

यार्सा पाईने लेकमा शसस्त्र प्रहरी परीचालन जिल्लाका यार्सा पाईने क्षेत्रहरुको सुरक्षा संवेदनशीलतालाई लक्षित गर्दै सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यार्सा सिजनमा लेकहरुमा मानिसहरुको बाक्लो उपस्थिती हुने तथा विभिन्न अपराधिक क्रियाकलाप हुने भन्दै शान्ति सुरक्षा स्थापनार्थ सशस्त्र प्रहरी परिचालन भएको हो ।

सशस्त्र प्रहरीले शसस्त्र प्रहरी निरीक्षक शैलेन्द्रसिंह चैसिरको नेतृत्वमा २५ जनाको टोली शनिबार खण्डेश्वरीको यार्सा पाइने क्षेत्र धरमघरमा खटाएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाका गुल्मपति चन्द्रदेव भट्टले जानकारी दिए ।

खण्डेश्वरीको यार्सा पाईने बन क्षेत्र बझाङ जिल्लासँग जोडिएको तथा बझाङतर्फबाट हातहतियारसहित यार्सा संकलकहरु आउने गरेको जानकारी पछि सशस्त्र प्रहरी खटिएको हो । टोलीले यार्सा संकलक अवधिभर लेकहरुमा उच्च सुरक्षा सर्तकता अपनाउने जनाइएको छ ।

यसैगरी यार्सा पाइने ठाउँ घुषाका लोलु, खण्डेश्वरीको धरमघर, व्यासको नाम्पा हिमाल, सितोलाको चाइमटेला, राप्लाको दुधिवन लेकहरुमा यार्सा संकलन हुने अवधीभर नेपाल प्रहरीले समेत गस्ती गर्ने दार्चुलाका प्रहरी प्रमुख सुशिलसिंह राठौरले जानकारी दिए ।

वन क्षेत्रहरुमा नजिकका प्रहरी युनीटका साथै जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट समेत थप प्रहरी जनशक्ति खटाइएको छ । टोलीले वन क्षेत्रहरुमा हुने विकृति , विसंगती तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उनले बताए ।

विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द, गाउँ शुनसान हुने गर्दछ । हिमाली गाविसका विद्यालयहरु अहिले बन्द भएका छन् । विद्यार्थी सबै लेकतिर लागेपछि विद्यालय बन्द भएको हो । घुसा र खण्डेश्वरीका अधिकांश विद्यालय बन्द भएको खण्डेश्वरी गाविस सचिव लक्ष्मणसिह धामीले बताए ।

शनिबारबाट यार्सा संकलन शुरु भएसँगै गाउँ समेत शुनसान भएका छन् । गाउँमा बृद्ध बाहेक कोही छैनन, सचिव धामीले भने, स्थानीय काम छोडेर लेकतिर लागेका छन् । विद्यालयमा विद्यार्थी आउनै छोडेपछि विद्यालय बन्द भएको धामीले बताए ।

खण्डेश्वरीको उमावि सहित निमावि र प्रावि विद्यालय समेत बन्द भएका छन् । घुसा गाविसको माविसहित केहि प्राथमिक विद्यालय बन्द रहेको घुसाका शिक्षक कमानसिह धामीले बताए । यार्साको कारण विद्यार्थी लेकतिर गएपछि शिक्षक मात्र गाउँमा बसेका छन् । जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय बन्द नगर्न दिएको आदेश शिक्षकले पालना गर्न खोजेपनि विद्यार्थी लेकतिर गएपछि स्वत विद्यालय बन्द भएका छन् ।

विद्यार्थी एक महिनाको लागि विद्यालय छोडेर लेकतिर गएका हुन् । आर्थिक स्रोतको रुपमा यार्सागुम्बा मात्र पाइने भएकोले अभिभावकले आफ्ना छोराछोरीलाई जंगल लगेका हुन् । यार्सागुम्बा संकलनमा अभिभावक भन्दापनि बालबालिकाले राम्रोसँग देख्न सक्ने भएकोले विद्यालय बन्द गरेर भएपनि विदयार्थी लेकतिर गएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर