newskoseli.Com

तिमालमा सडक र बिजुली आयो, पानीको अभाव कायमै

काभ्रेपलाञ्चोक जिल्लाको विकट भेग भनेर चिनिने तिमाल क्षेत्रमा सडक सञ्जालको राम्रै विकास भएको छ । तिमाल क्षेत्रको शुरूवात हुने स्थान धुलिखेलबाट नजिकै दाप्चा–काशीखण्ड नगरपालिकाको भकुण्डेबेसीबाट मेथिनकोट, कानपुर, कोततिमाल, नारायणस्थान, कुरूवास चापाखोरी हुँदै मेच्छे गाविस जोडिएको छ । त्यस्तै मंगलटारबाट पनि कुरूवास चापाखोरी जोडिएको छ ।

पाँचखाल नगरपालिका हुँदै सस्युखर्क आदाबाटेबाट कोततिमाल हुँदै कुरूवास चापाखोरी जोडिएको छ । बोहोरे दोभानबाट शरमथलि हुँदै ठूलो पर्सेलबाट पनि कुरूवास चापाखारी जोडिएको छ । ठूलो पर्सेलबाट मेच्छे पौवासम्म जोडिएको छ ।

बोहोरे दोभानबाट शुरू भएको सडक ठूलो पर्सेल, मेच्छे पौवा, कुरूवास चाखोरी, नारायणस्थानको रोशीखोला साइड, खनालथोक, मेथिनकोट हुँदै सस्युखर्कको बोहोरे दोभान जोड्दै भविष्यमा तिमालको रिङरोड बन्न सक्ने देखिन्छ ।

यी सबै बाटाहरूको लम्बार्इ दुर्इ सय किलोमिटर भन्दा बढि हुने देखिन्छ । यति धेरै बाटोको विकास भए पनि पक्की सडक भने दुर्इ किलोमिटर मात्रै छ । यद्दपी भकुण्डेबेसिबाट तिमाल मार्गको सडक पक्की गर्ने काम भने जारी नै छ ।

एकदशक देखि बिजुली पनि पुगेको छ, तर यसभेगमा खानेपानीको समस्या भने यथावत् नै छ । यसक्षेत्रका वासिन्दाले वर्षौ देखि पानीको समस्या व्यहोरिरहेका छन् ।

गणतन्त्रको स्थापना पश्चात सुनकोशीको पानी लिफ्टिङ गरी तिमालवासीको पानीको समस्या हल गर्ने योजना बनेपनि अहिलेसम्म पुरा हुन सकेको छैन ।

सस्युखर्क, कुरूवासचापाखोरी, मेच्छे नारायणस्थान, माहुरे र कानपुर गाबिसमा चर्को रूपमा खानेपानीको समस्या छ ।

 

यो पनि पढ्नुहोस :   तिमालमा खानेपानीको हाहाकार

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर