
यो जेरीमा चिनी कसोरी पस्यो ?
तिमीसँग दोस्ती कसोरी बस्यो ?
न यादका नङ्ग्रा न त सिङ–दाह्रा
लगातार यसले कसोरी डस्यो ?
न डोरी थियो न थियो हतकडी !
अहो तिम्रो प्यारले कसोरी कस्यो ?
तपस्वी हुँ भन्थ्यो अकडा पुरूष !
विचरा खै तैपनि कसोरी फस्यो ?
न बादल गगनमा कतै गर्जेको छ !
बलेनी शरीरमा कसोरी खस्यो ?
२३ चैत, ४०७३/सुविधानगर, काठमाडाैं