newskoseli.Com

प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा, यस्तो छ कारण

बलिउडकी चर्चित नायिका प्रियंका चोपडाले आत्महत्याको प्रयास गरेको खुलासा भएको छ । उनले एक पटकमात्र नभई दुई–तीन पटक नै आत्महत्याको प्रयास गरेको उनकै प्रवन्धक रहिसकेका प्रकाश जाजुले खुलासा गरेका हुन् ।

हालै भारतीय टेलिभिजन नायिका प्रत्युषा बनर्जीले आत्महत्या गरेकी थिइन् । चर्चित धारावाहिक ‘बालिका बधु’ मा मूख्य भूमिका निर्वाह गरेकी उनले आत्महत्या गरेको खबरले बलिउड स्तब्ध रहेकै समयमा हलिउडमा समेत अभिनय यात्रा आरम्भ गरेकी प्रियंका चोपडाका बारेमा यस्तो खुलासा भएको हो ।

प्रकाश जाजुका अनुसार बलिउडमा पदार्पण गरेपछिका केही वर्ष प्रियंका निकै कमजोर थिइन् । उनले ट्वीटमार्फत भनेका छन्, ‘प्रियंका अहिले निकै मजबुत देखिए पनि संघर्षका दिनमा उनी निकै कमजोर थिइन्, उनले दुई–तीन पटक आत्महत्याको प्रयास गरेकी थिइन् तर मैले प्रत्येक पटक जसो–तसो रोकेँ ।’

प्रकाश जाजुले प्रियंकाको कथित प्रेमी असीम मर्चेन्टको प्रसंग पनि उल्लेख गरेका छन् । प्रियंका र असीमबीच धेरै विवाद हुने गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘चिन्तित भएर प्रियंकाले असीमलाई आधा रातमा पनि फोन गर्थिन्, एक पटक असीमसँगको विवादपछि प्रियंका आत्महत्या गर्नकै हिँडेकी थिइन् कसैगरी मैले उनलाई आत्महत्या गर्नबाट रोकेर फर्काएको थिएँ ।’

एक अर्को ट्वीटमा प्रकाश जाजुले लेखेका छन्, ‘प्रियंका असीमकी आमासँग निकै निकट थिइन्, सन् २००२ मा असीमकी आमाको निधनपछि प्रियंका यति कमजोर भएकी थिइन् कि अपार्टमेन्टबाट हामफाल्ने योजनामा थिइन्, त्यसपछि उनलाई कुर्सीमा बाँधेर राखियो ।’

प्रियंकाले प्रकाश जाजुसँग राम्रो सम्बन्ध नरहेपछि उनीसँगको करार रद्द गरेकी थिइन् । सन् २००८ मा प्रियंकाको पिताले आफ्नी छोरीको गोपनीयता हनन् गरेको आरोपमा प्रकाशविरुद्ध उजुरी दायर गरेका थिए । उक्त आरोपमा प्रकाशले ६७ दिन जेलमा बस्नु परेको थियो । प्रकाशले यस अघि पनि प्रियंकाका बारेमा धेरै खुलासा गरिसकेका छन् । (एजेन्सी)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर