newskoseli.Com

तरकारीको भाउ छोइनसक्नु !

उपत्यकामा हरियो तरकारीको भाउ अचाक्ली बढेपछि उपभोक्तालाई दैनिक चलाउनै हम्मे परेको छ । खडेरीले उत्पादन घटेपछि तरकारीको मूल्य साढे ३ सय प्रतिशतसम्म बढ्दा भान्सा अचाक्ली महँगिएको उपभोक्ता बताउँछन् ।

 आलु, बन्दा, काउली, मुला, मटरकोसा, घिउसिमी, लौका, हरियो फर्सि, भिन्डी, सागलगायतका तरकारीको भाउ बढेपछि उपभोक्ता मारमा छन् ।

उसै त महँगो तरकारी व्यापारी ब्यापारीको मनोमानीले किनिनसक्नु भएको उनीहरुको गुनासो छ । आजको नागरिक दैनिकमा खबर छ ।वर्षदिनअघि (जेठ १) कै दिन ११ रुपैयाँ किलोमा किबेच भएको आलु शनिबार ३३ रुपैयाँमा किनबेच भयो ।

आलूमा २ सय प्रतिशत भाउ बढेर किलोमै २२ रुपैयाँ बढी परेको हो । घिउसिमी ३ सय ४७ प्रतिशतले बढेर किलोका ८५ रुपैयाँ पुगेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर