newskoseli.Com

सेनाप्रमुखलाई लक्षित गरी बम विस्फोट, १३ को मृत्यु

सोमालियाका नवनियुक्त सेनाप्रमुख मोहम्मद अहमद जिमालेलाई लक्षित गरी आइतबार आत्मघाती विस्फोट गराइएको छ ।

विस्फोट सेनाप्रमुख जिमालेलाई नै लक्षित गरिएको भए पनि उनी आक्रमणबाट बच्न सफल भएका छन् । उनी बचे पनि विस्फोटमा परी ६ सेनासहित सेना प्रमुखको नजिकै गुडिरहेको मिनीबसका ८ यात्रुको मृत्यु भएको छ ।

सोमालियाली वरिष्ठ प्रहरी अधिकृत मोहम्मद हुसेनले बताएअनुसार सोमालियाली इस्लामिक स्टेट (आईएस) अतिवादी विद्रोही समूह अल सबाबले घटनाको जिम्मेवारी लिएको छ ।

विस्फोटपछि उक्त स्थलमा धुवाँको ठूलो मुस्लो उडेको देखिएको र मुस्लो नजिकै भयङ्कर गोली चलाएको आवाज सुनिएको एक प्रत्यक्षदर्शीले बताए ।

विस्फोटबाट क्षतिग्रस्त मिनीबस सडकमा देखिएको थियो भने सडकभरि रगतको पोखरी देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

‘आइतबार एक दुःखद दुर्घटना भएको छ, यात्रुले खचाखच भरिएका दुई मिनीबस विस्फोटमा परेका छन् र सबै जनाको मृत्यु भएको छ’– मोगादिसु नगरका प्रवक्ता अब्दि फिताह हलानले बताए ।

जिमालेले सेना प्रमुखका रुपमा सपथ खाएर फर्किरहेका थिए । सोमालियाली राष्ट्रपति मोहम्मद अब्दुल्लाही मोहम्मदले सोमालियालाई युद्धक्षेत्र घोषणा गर्दै सेना तथा गुप्तचर प्रमुखलगायतका राष्ट्रिय सुरक्षा बलका प्रमुखहरुको समेत फेरबदल गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर