newskoseli.Com

सकियो भक्तपुर व्यापार मेला : १० करोडको कारोबार

चैत २२ देखि सल्लाघारीमा सुरु १२ दिने औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा सकिएको छ । मेला अवधिभर १० करोड रूपैयाँको कारोबार भएको आयोजक पक्षले जनाएको छ ।

आइतबार आयोजित समापन कार्यक्रममा संस्थाका अध्यक्ष सन्दीप महतले औद्योगिक शान्ति नेपालद्वारा आयोजित यस मेलामा ४ लाख मानिसले अवलोकन गरेको जानकारी दिए ।

उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले २ सय २५ स्टल राखिएको मेलामा दैनिक चर्चित कलाकारको साङ्गीतिक प्रस्तुति एवम् सामानमा ४० प्रतिशतसम्म छुट दिइएकाले उपभोक्ताको घुइँचो लागेको आयोजक संस्था मध्यपुर ब्वाइज ब्यान्डका सुनिल बज्राचार्यले जानकारी दिए ।

Bhaktapur Byapar Mela

मेलामा सयभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारले हास्यव्यङ्ग्य, प्रहसन, गीत, नृत्य, जादूगरीलगायतका प्रस्तुतिका साथै नृत्य प्रतियोगिता सञ्चालन गरिएकै कारण पनि सहभागीको उत्साहजनक सहभागिता रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।

मेलामा दैनिक उपभोग्य सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धन गर्ने स्टल, खेल सामग्री, अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्रान्डका मोबाइल, इलेक्ट्रोनिक्स सामग्रीलगायतका स्टल राखिएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर