newskoseli.Com

बाढीका कारण १० को मृत्यु, २ बेपत्ता

भीषण वर्षापछि आएको बाढीमा परी इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा कम्तिमा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएको यहाँको विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ ।

वर्षाका कारण जाभा क्षेत्रका केही गाउँमा बाढी आउँदा १० जनाको मृत्यु भएको छ भने ७१ घर बाढीले बगाएको छ । बाढीको जोखिममा रहेका सो क्षेत्रका सयौं स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिएको संस्थाका प्रवक्ताले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि १ हजार ५ सय सेना, प्रहरी र स्थानीय अधिकारी परिचालन गरिएको उनले बताए ।

सोही प्रान्तमा आइतबार भएको एक सडक दुर्घटनामा परी कम्तिमा ११ नागरिकको मृत्यु भएको छ । घटनामा ४७ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

जकार्ताबाट सियानजुरतर्फ गइरहेको बसले एक कार र केही मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुःखद घटना भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर