newskoseli.Com

शनिबार पहिरो जाँदा २४ को मृत्यु

दक्षिण किर्गिजस्तानको ओस प्रान्तको अयु गाउँमा शनिबार गएको पहिरोमा परी कम्तिमा २४ जनाको मृत्यु भएको किर्गिजस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

शनिबार राति १२ः४०मा गएको पहिरोले ७ घरहरु पुरेको छ । ती घरमा रहेका २० जनाभन्दा बढी मानिस पहिरोमा पुरिएका प्रहरीले पुष्टि गरेको छ । अर्को एक घरमा रहेका ४ जना पनि बेपत्ता रहेको अपुष्ट खबर छ ।

पहिरोले घरहरु पुरेपछि मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै तथा उनीहरुका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै विपद् व्यवस्थापन मन्त्री घटनास्थल पुगेर उद्धार कार्यलाई तदारुकताका साथ अघि बढाउन निर्देशन दिएका छन् ।

शनिबार दिउँसोसम्म घटनास्थलमा १ सय सेनासहित २ सय ५० उद्धारकर्मी पुगेर उद्धारकार्यमा जुटेका छन् । उद्धारकर्मीले पहिरो गएको स्थान वरपर र जोखिममा रहेका ४० घरका बासिन्दालाई सुरक्षित स्थलतर्फ सारेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर