newskoseli.Com

अमेरिकाले मार्‍यो ३ सय ५१ सर्वसाधारण

इराक र सिरियामा इस्लामिक स्टेट (आर्इएस) लडाकुविरुद्ध जारी अमेरिकाआबद्ध हवाई आक्रमणमा कम्तिमा ३ सय ५२ सर्वसाधारणको मृत्यु भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आइतबार सो जानकारी दिएको छ । सिरिया र इराकमा भएका ती हवाई आक्रमणहरु सन् २०१४ अगस्तबाट २०१७ मार्च महिनासम्म चलेका हुन् ।

सो समयमा आर्इएस लडाकुविरुद्ध जारी हवाई आक्रमणमा मारिएका सर्वसाधारणको तथ्याङ्क आइतबार सार्वजनिक गरिएको थियो । पेन्टागनका अनुसार सन् २०१६ नाेभेम्बरदेखि २०१७ मार्चसम्म भएका आर्इएसविरुद्धको हवाई आक्रमणमा कम्तिमा ४५ सर्वसाधारणको मृत्यु भएको थियो ।

लन्डनआबद्ध एम्नेस्टी इन्टरनेसनलका अनुसार संयुक्त गठबन्धन सेनाद्वारा सिरियामा मात्र भएका ११ वटा हवाई आक्रमणमा कम्तिमा ३ सय सर्वासाधारणको मृत्यु भएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर