newskoseli.Com

द्वन्द्वका कारण अप्रिलभरिमै ३ सय ९ इराकीको मृत्यु

इराकमा जारी सशस्त्र द्वन्द्व, विद्रोही आक्रमण तथा विभिन्न हिंसात्मक घटनामा अप्रिल महिनाभरिमा ३ सय ९ जना सर्वसाधारणको मृत्यु भएको छ भने ३ सय ८७ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसङ्घ इराक मामिला सहायता कार्यक्रम (यूएनएएमआई) ले सोमबार जारी विज्ञप्तिमा जनाए अनुसार मृतक तथा घाइतेको सङ्ख्यामा सुरक्षाकर्मीतर्फको विवरण प्रस्तुत छैन । साथै इराकी विद्रोहीले आफ्नो तर्फको क्षतिको विवरण दिन अस्वीकार गरेको छ ।

यसअघि सुरक्षाकर्मीतर्फ क्षतिको सङ्ख्याका विषयमा सेनाले आधिकारिकतामाथि प्रश्न उठाएको थियो भने सेनाद्वारा दिइएको विवरणप्रति यूएनएएमआईले अविश्वास प्रकट गरेको थियो ।

मृतक सर्वसाधारणमध्ये इराकको उत्तरी प्रान्त नाइनमेहमा सबैभन्दा धेरै १ सय ५३ जनाको मृत्यु भएको थियो भने १ सय २३ जना पश्चिमी मोसुलमा भएका युद्धमा मारिएको विज्ञप्तिमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर