newskoseli.Com

गजल

हरियाली त्यो बन करोडौं मा एक छ

र नेपाली यो मन करोडौं मा एक छ

 

एकान्तमा मरौ जस्तो लाग्दा सोच्ने गर्छु

आहा!  मेरो जीवन करोडौं मा एक छ

 

धर्ती जब मलाई फिक्का लाग्छ थाल्छ

हेर्दै भन्छु म गगन करोडौं मा एक छ

 

भुल्न त म ज्यान जाला सक्दै सक्दिन भो

किनकि नेपाली पन करोडौं मा एक छ

 

धेरै बाट उसलाई रोज्नुको कारण मैले

तिम्लाइ के था उ झन करोडौं मा एक छ

 

सुनिता सापकोटा

भोजपुर

हाल काठमाडौ

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर