newskoseli.Com

‘लुकामारी’को गीत सार्वजनिक

असार १० गतेबाट देशभर रिलिज हुने चलचित्र ‘लुकामारी’को एउटा गीत काठमाडौँमा सार्वजनिक गरिएको छ । ‘काठमाण्डौमा’ बोलको गीत रिलिज गरिएको हो ।
धमेन्द्र सेवानको आवाज, विकास सिलवाल र विमल गौतमको शब्द, विकास सिलवालको संगीत रहेको ‘काठमाडौँ’ नामक गीतले काठमाण्डौको वर्तमान अवस्थालाई चित्रित गरेको छ ।

सुरज सिंह भण्डारीको लगानीमा बनेको यो गीत ग्लेज इन्टरटेमेन्टको ब्यानरमा निर्माण भएको हो ।  चलचित्रमा सौगात मल्ल, रिस्ता बस्नेत, सुरविना कार्की, कर्मा, विक्रम सिंह थारुको मुख्य भूमिका रहेको छ । निर्देशक श्रीराम दाहालले हुन् ।

चलचित्रको कथावस्तु निर्माणपक्षले सार्वजनिक गरेको छैन । तर, चलचित्रलाई मनोरञ्जन, सस्पेन्स र एक्सनको खुराकको रुपमा तयार पारिएको निर्माणपक्षको दाबी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर