newskoseli.Com

हाउ फन्नीको चहलपहल

शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसरुको उपस्थिती थियो ।

चलचित्रको प्रिमियरमा विशेषगरि नायिकाहरुको पहिरनको आकर्षण धेरै देखियो । संयोग के थियो भने प्रिमियरमा सहभागी हुन पुगेका नायिकाहरुले लगाएको पहिरनको शैली उस्तै खालको थियो । डिजाइन केही फरक भएतापनि पहिरनको ढाँचा उस्तै देखियो ।

पि्रयिमरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही उपस्थित थिए । यस्तै, नायिका ऋचा शर्मा, पूजा शर्मा,  कोरियोग्राफर रेनशा राई, नायक आर्यन सिग्देल, कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला, मोडल सहाना बज्रचार्य, जेनिशा मोक्तान उपस्थित थिए ।

निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारी भने कार्यक्रममा उपस्थित थिएनन् । दुबै जना नेपाल बाहिर छन् । कमेडी जनरामा तयार पारिएको यो चलचित्रले दुई यूवतीको जासुस बन्ने सपना र त्यसका लागि उनीहरुले गरेको संघर्षलाई उठान गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर