newskoseli.Com

अन्त्येष्टि समारोहमै विस्फोट : १८ को मृत्यु, १२ घाइते

अन्त्येष्टि समारोहलाई नै लक्षित गरी शनिबार भएको विस्फोटमा १८ जनाले ज्यान गुमाएका छन् भने १२ जना घाइते भएका छन् । अफगानिस्तानको राजधानी काबुलमा सो विष्फोट गराइएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

विष्फोटमा परी कम्तिमा १० जनाको मृत्यु भएको प्रारम्भिक सूचना रहेको गृह मन्त्रालयका प्रवक्ता नाजिव डेनिसले यसअघि बताएका थिए । हमलाकारीले अन्त्येष्टि समारोहका सहभागीलाई लक्षित गरी एकपछि अर्को गर्दै तीनवटा विष्फोट गराएको काबुलबाट प्राप्त समाचारमा उल्लेख छ ।

अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहान कूटनीतिज्ञहरुको आवासलाई लक्षित गरी भएको भीषण आत्मघाती आक्रमणमा परी कम्तिमा ६४ जनाको मृत्यु भएको थियो । सो आक्रमणमा परी महिला र बालबालिकासहित ३ सय २० भन्दा बढी घाइते भएका थिए ।

Kabul Attack

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर