newskoseli.Com

पुँजीवाद र ‘मिस नेपाल’ !

 

 

 

 

 

 

एकचोटि पुँजीवाद
एक हुल ठिटीहरु जम्मा गर्छ
र, ‘मिस वर्ल्ड’ घोषणा गर्छ !
अनि यसरी प्रचार गर्छ कि दुनियाँका
बाँकी सबै युवतीहरु कुरुप छन् !

अर्कोपटक पुँजीवाद
एक हुल विवाहित आइमाईहरु जम्मा गर्छ
र, ‘मिसेज वर्ल्ड’ घोषणा गर्छ !
अनि यसरी हल्ला गर्छ कि संसारका
बाँकी सबै ‘विवाहित आइमाई’ हरु व्यर्थ छन् !


एक हुल बच्चा, एक हुल ठिटा, एक हुल वृद्ध
र, अनेकानेक हुल जम्मा गरेर
कुरुप अनि सुन्दरताको
कुरुप प्रतिस्पर्धा गराइरहन्छ पुँजीवादले
आफ्नो ‘कर्पोरेट प्रभुत्व’ जमाइराख्न !

पुँजीवादले
मात्र गर्न बाँकी छ अब !
एक हुल आमाहरु जम्मा गरेर
बात्सल्यको भद्दा परीक्षा लिन,
मातृत्वको मोलमोलाई गर्न !
र, करोडौं आमाहरुमध्ये
एउटीलाई मात्र ‘सुन्दरी आमा’ बनाउन !

पुँजीवादी गिदीले बुझ्ला !
जुन दिन आमाहरुको मूल्य तोक्ने
मानवजातिकै निकृष्ट काम गर्छ पुँजीवादले
ठीक त्यही दिन गर्ल्यामगुर्लुम्म ढल्नेछ पुँजीवाद ।
सदियौंदेखि स्याहार गरेर राखेको
‘बडामहाराज’ को दरबार ढलेझैं !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर