newskoseli.Com

सिड्नीमा सृजनाको चर्चा

सबैभन्दा ठूलो कुरा त इच्छाशक्ति नै हो । भनिन्छ नि जहाँ ईच्छा त्यहाँ उपाए ।  केही गर्छु भन्ने जोश, जाँगर भयो भने कसैले रोक्न सक्दैन । यस्तै उदाहरण प्रस्तुत गरेकी छिन सृजना खड्काले । आफूभित्रको दक्षता र प्रतिभालाई उनले प्रवासमा आएर पनि प्रस्तुत गरिरहेकी छिन् ।

करिब नौ बर्ष अघि अध्यनको क्रममा अष्ट्रेलिया आएकी सृजना अध्यन सकेपछि यतै बस्न थालिन -‘ म यता बस्नुमा पारिवारिक कारण र ज़िम्मेवारी पनि छन् । ज़िम्मेवारी बहन गर्दा गर्दै यतै बसियो -‘ उनले आफ्नो अतित कोट्याइन् ।

अष्ट्रेलियाको ब्यस्त जीवनबाट जोगिएको समयलाई पनि उनले त्यसै खेर जान दिएकी छैनन् । यता हुने बिभिन्न सांस्कृतिक कार्यक्रममा उनलाई आफ्नो प्रस्तुति दिन अफर आई हाल्छ । बिशेष गरेर दर्शकहरूलाई लामो समयसम्म टिकाई राख्न उनले स्टेजमा प्रस्तुत गर्ने नृत्य गजबकै हुन्छ ।

अष्ट्रेलियामा आयोजना हुने बिभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सृजनाको उपस्थिति बाक्लै हुने गर्छ । उनी उत्कृष्ट नृत्य मात्र गर्दिनन, स्टेज कार्यक्रमको उद्घोषण पनि  गर्छिन, बुटवलकी सृजनाको अष्ट्रेलियामा मान उचो नै छ । नेपालबाट कलाकार ल्याएर अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमहरूमा स्थानिय कलाकारहरूलाई त्यती महत्व नदिदा भने सृजनाको मन दुखेको रहेछ । उनि भन्छिन-‘हामी काम छोडेर कार्यक्रममा दौडिन्छौं तर त्यस अनुसारको मूल्याँकन छैन । नजिकको तिर्थको हेला भएको छ -‘ ।

अब भने सृजना आफ्नो कला क्षेत्रलाई झनै बिस्तार गर्ने योजनामा छिन । टेलिभिजन कार्यक्रम संचालनदेखि कार्यक्रमहरूको आयोजनासम्मको तयारीमा छिन उनी ।

चाँडै म्यूज़िक भिंडियो मार्फत पर्दामा छाउने उनको नयाँ योजनाले पनि मूर्तरूप पाउँदै छ । अहिलेसम्म अष्ट्रेलियामा हुने कुनै पनि कार्यक्रममा उनको कुशल नृत्य छुटेको छैन -‘ सम्मान गरेर बोलाउँछन जान्छु , जती नाच्यो उति निखारिए जस्तो लागेको छ -‘ सृजना भन्छिन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर