newskoseli.Com

आयल निगमलार्इ महिनामै ३४ करोड नाफा !

नेपाल आयाल निगमले मासिक ३४ करोड रूपैयाँ नाफा कमाइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा घाटामा गएको निगमले २०७१ मा स्वचालित मूल्य प्रणाली लागू गरेदेखि नाफा कमाउन थालेको हो ।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनको दोस्रो केन्द्रीय महाधिवेशनका क्रममा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

कार्यक्रममा बाेल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पेसागत इमानदारिता, कर्मचारी एकता र संस्थागत प्रभावकारिता भए मात्र आयल निगम अगाडि बढ्ने बताए । उनले भने– “कुनै पनि संस्था अगाडि बढाउने वा तल लैजाने भन्ने कुरा कर्मचारीको हातमा नै हुन्छ ।”

पूर्व उद्योगमन्त्री जोशीले स्वदेशमा रोजगारी सिर्जना गर्ने हो भने राज्यले उद्योग क्षेत्रको विकास गर्नुपर्ने बताए । “देशको विकास गर्ने हो भने उद्योग क्षेत्रको विकास हुनु जरुरी छ”– उनले भने । नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय कोषाध्यक्ष योगेन्द्र कुँवरले लामो इतिहास बोकेको आयल निगमले गुणस्तरीय सेवा दिनुपर्ने बताए । उनले भने– “देशको अर्थतन्त्रमा आयल निगमको महत्वपूर्ण योगदान रहेको छ, यसलाई अझ अगाडि बढाउनुपर्छ ।”

नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले घाटामा गएको निगमले अहिले फाइदामा गएर वार्षिक ४० अर्ब रूपैयाँ राजश्व तिर्न सफल भएको बताए । युनियनका अध्यक्ष प्रदीपमान बसी, नेपाल आयाल निगम कर्मचारी सङ्घका अध्यक्ष देवीप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कोषाध्यक्ष बाबुराम झुला, कार्यबाहक महासचिव सन्दीप बराललगायतले कर्मचारीका कारण आयल निगम फाइदामा गएको भन्दै कर्मचारीलाई बोनसको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर