newskoseli.Com

लोकसांस्कृतिक प्रतिष्ठानमा पुलामी, १८ सदस्यीय नयाँ कार्यसमिति

हाम्रो भाका हाम्रो लोकसांस्कृतिक प्रतिष्ठान नेपालमा रत्न पुलामी मगरको अध्यक्षतामा १८ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ ।

शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले निर्विरोध मगरको अघिल्लै कार्यसमितिका अध्यक्षलार्इ निरन्तरता दिएको हो । अघिल्लो कार्यसमितिमा कृष्ण रानाभाट सचिव थिए ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा लछुमन चौलागाईंले प्रथम उपाध्यक्ष, आशिक राईले वरिष्ठ उपाध्यक्ष, अनन्तप्रसाद अर्यालले तृतीय उपाध्यक्ष र कमला पोखरेलले महिला उपाध्यक्षको जिम्मेवारी पाएका छन्  । समितिमा कृष्ण रानाभाटले महासचिव, राजकुमार राईले सचिव तथा मेनुका घिमिरेले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

प्रतिष्ठानका केन्द्रीय सदस्यहरूमा उत्सव वाग्ले, छिरिङ मिङग्युर शेर्पा, विनिता राई, डीबी तामाङ, शर्मिला केसी थापा, रामचन्द्र घिमिरे, रामहरि भण्डारी, प्रकाश बराइली, सन्तोष दवाडी र भीम कुसारी रहेका छन् ।

साधारणसभाको समापनसँगै नवनिर्वाचित पदाधिकारीहरुलाई प्रतिष्ठानका अध्यक्ष रत्न पुलामी मगरले प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा चर्चित कलाकारहरु गायिका विनिता राई , डीबी तामाङ, शर्मिला केसी थापा, कृष्ण रानाभाटलगायतले आ–आफ्ना बेजोड सांगीतिक प्रस्तुति प्रस्तुत गरे ।

Lok Sanskritik

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर