newskoseli.Com

वीरेन्द्रनगरमा मनाइयो किसान संघर्ष दिवस…

सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार २६औं किसान संघर्ष दिवस भव्यताका साथ सम्पन्न भएको समाचार छ ।

६ असार, २०३४ मा चितवनको जुगेडीमा भएको किसान संघर्षको स्मृतिस्वरूप माओवादी सम्बद्ध किसान संगठनले असार ६ मा किसान संघर्ष दिवस मनाउँदै आएको छ ।

जुगेडी किसान संघर्षको क्रममा असार ६ कै दिन दशरथ चेपाङ र सन्तबहादुर प्रजाको हत्या भएको थियो । नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य तथा संसदीय दलका सचेतक सीता नेपालीले पनि सम्बोधन गरिन् । किसान संगठनका उपाध्यक्ष नयाँराम थापाको अध्यक्षता र सचिव नहेन्द्र खड्काको उदघोषणमा सम्पन्न भएको कार्यक्रममा संगठनका अर्का सचिव रेशम जीसीले स्वागत मन्तव्य राखे ।

Kisan4

Kisan2

Kisan1यस दिवसलार्इ सबै किसान संघर्षहरूको सम्मान, सम्झना र प्रेरणाका रूपमा प्रतीकात्मक ढंगले मनाइने गरेको माओवादी युवानेता एवम् किसान महासंघ (क्रान्तिकारी केन्द्र) का केन्द्रीय सचिव नहेन्द्र खड्काले न्युजकोसेलीलार्इ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर