newskoseli.Com

मोबाइल वालेटबाट कसरी लिने सेवा ?

नेपाल राष्ट्र बैंकले मंगलबार ३ कम्पनीलाई ‘पेमेन्ट सर्भिस प्रोभाइडर’ अर्थात् नगदको प्रयोग नगरी मोबाइल फोनमार्फत विभिन्न कारोबार गर्न सकिने प्रविधि सञ्चालनका लागि सेवा प्रदायकको लाइसेन्स दिएको छ ।

आईएमई पे, प्रभु टेक्नोलाेजी प्रा.लि. र इ–सेवा फोन पेलाई पेमेन्ट गेटवे वा मोबाइल वालेट सेवा सञ्चालनको अनुमति दिइएको छ । अन्य केही संस्थाले समेत यसका लागि आवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ ।

नगदरहित कारेबारलाई प्रोत्साहन गर्ने नीतिसँगै ‘भुक्तानी तथा फछर्यौट विनियमावली २०७२’ को विनिमय १९ मा टेकेर दूरसञ्चारको माध्यमबाट डिजिटल वालेट सेवाका लागि ‘भुक्तानी तथा फर्छ्योट अनुमति नीति २०७३’ मा आधारित रहेर अनुमति प्रदान गरेको बताइएको छ ।

उल्लेखित ३ कम्पनीहरुलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्ने अनुमतिपत्रमार्फत ग्राहक तथा सेवा प्रदायकबीच मध्यस्थता गरी भुक्तानी गरिदिने तथा स्वदेशमा गरिने मनी ट्रान्सफरको कार्यका लागि राष्ट्र बैंकले अनुमति दिएको हो ।

यो प्रयाससँगै निकै अघिदेखि चर्चामा रहेको नगदरहित कारोबारका लागि कानुनी बाटो खुलेको छ भने यो सेवाको आरम्भसँगै घरमै बसेर कारोबार गर्न सकिने युग सुरू भएको छ।

यसअघि बैंक तथा वित्तीय संस्था नियमन विभागको अनुमतिपश्चात वाणिज्य बैंकहरुले डेबिट तथा क्रेडिट कार्ड, मोबाइल एसएमएस, अनलाइन बैंकिङलगायतमार्फत कारोबार गर्दै आएका छन् । त्यस्तै, इ–सेवा, फोन–पेलगायतका अनलाइन पेमेन्ट प्रदायकहरुले पनि विद्युतीय भुक्तानीका केही कार्य गर्दै आएका छन् ।

यो अनुमतिपश्चात नगदरहित कारोबारको विकास तथा विस्तार हुने र दैनिक कारोबार समेत थप सहज बताइएको छ।

के हो मोबाइल वालेट ?

व्यक्तिले पकेटमा रहेको पैसामार्फत आवश्यक वस्तुको किनमेल गरी मूल्य तिरेजस्तै मोबाइल वालेटमा बैंकमा रहेको खाताको उपयोगबाट घरमै बसी बसी मोबाइल फोनको माध्यमबाट कुनै सेवा प्रयोग गरे वा किनेबापतको भुक्तानी दिन सक्छ।

यो प्रविधि अन्तर्गत प्रयोगकर्ताको बैंकको खातामा रहेको रकम मोबाइल कोड नम्बरमार्फत दैनिक कारोबार मोबाइलबाटै गर्न सकिन्छ । यसो हुँदा गोजीमा नगद बोकेर हिँड्नुपर्ने झन्झट र खानेपानी, टेलिफोन, बिजुलीलगायातका बिल तिर्न सम्बन्धित कार्यालयमा पुगेर लाम लाग्नुपर्ने बाध्यताबाट मुक्ति मिल्छ र समयको समेत बचत हुन्छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर