newskoseli.Com

शेयर बजार घट्यो ५ अङ्कले

केही दिनदेखि उकालो लाग्दै आएको धितोपत्र बजार बिहीबार भने ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बिहीबार बजार करिब ५ अङ्कले ओरालो लागेर १ हजार ५ सय ८२ बिन्दुमा आइपुगेको हो ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत बिहीबार ०.८८ बिन्दुले घटेको छ । कूल १ सय ५० कम्पनीको २० लाख ४० हजार ७ सय २८ कित्ता शेयर ७४ करोड ६४ लाख ७७ हजार १ रूपैयाँमा कारोबार भएको हो ।

स्टकका अनुसार अरु सबै समूहको शेयर कारोबारमा कमी आएको छ । अन्य समूह ११.८६ बिन्दुले उकालो लाग्दा बैंकिङ ४.७३, होटल ३४.३२, विकास बैंक ५.९७, जलविद्युत् ६.४२, फाइनान्स ७.०१, बीमा ५३.६७ र उत्पादन समूह ३४.४१ बिन्दुले घटेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर