newskoseli.Com

भेनेजुएलामा संविधानसभा : ४१ प्रतिशत मात्रै मतदान, चुनावी हिंसामा १० को मृत्यु

भेनेजुएलामा आइतबार सम्पन संविधानसभा निर्वाचनमा ४१ प्रतिशत मात्रै मतदान भएको छ भने चुनावी हिंसाका क्रममा १० व्यक्तिको मृत्यु भएको छ ।

राजनीतिक सङ्कट समाधानका लागि संविधान पुनर्लेखन गर्न भन्दै यहाँका राष्ट्रपतिले नयाँ शक्तिशाली निकायको दावीका साथ संविधानसभा निर्वाचनको आह्वान गरेका थिए । तर, सो निर्वाचन निकै विवादमा परेको छ । निर्वाचनको औचित्य र वैधतामा प्रश्न उठाइएको छ ।

निर्वाचनको क्रममा एक जना सैनिक पनि मारिएका छन् । नयाँ संविधानसभाका गरिएको सो निर्वाचनमा उठेका एक उम्मेदवार र दुई प्रदर्शनकारी युवा समेत चुनावी हिंसामा मारिएका छन् । भेनुजुएलाका राष्ट्रपति निकोलास मदुरोले निर्वाचनमा आफू विजयी भएको दावी गरेका छन् ।

सोमबार अन्तर्राष्ट्रियजगतले यस निर्वाचनको आलोचना गरेको जनाइएको छ । विश्वजगतले निर्वाचनको वैधतामाथि प्रश्न गरेको छ । अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काम मात्र भएको टिप्पणी गरेको छ । कयाैं देशले यो निर्वाचनलार्इ अनावश्यक भनेका छन् ।

भेनुजुएलाका प्रमुख निर्वाचन अधिकारीका अनुसार यस निर्वाचनमा ४१.५३ प्रतिशत मात्र भोट खसेको थियो । विपक्षीले निर्वाचन बहिष्कार गरे तापनि ८ लाखभन्दा बढी मतदाता सहभागी हुनुलाई ठूलै उपलब्धि मान्नुपर्ने राष्ट्रिय निर्वाचन परिषद प्रमुख टिबिस लुसेनाले बताएका छन् ।

भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति निकोलास मादुरोले भेनेजुएलामा राजनीतिक सङ्कट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै अएको थियो । आर्थिक सङ्कट समेत चुलिएको भन्दै विपक्षीले ४ महिनायता आन्दोलन जारी राखेका छन् । आन्दोलनको क्रममा १ सय २० नागरिकले ज्यान गुमाइसेका छन् ।

प्रतिपक्षी समूहले निर्वाचन बिथोल्न पछिल्लो ४८ घन्टा आन्दोलनलाई थप सशक्त बनाएको थियो । मदुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधानसभा नुचावको ‘प्रपञ्च’ रचेको आरोप विपक्षीले लागाएका छन् ।

सो निर्वाचन ५ सय ४५ सदस्यका लागि भएको हो, जहाँ ६ हजारभन्दा बढी उम्मेदवार भए पनि विपक्षी दलको तर्फबाट एक जना उम्मेदवारले समेत भाग नलिएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर