newskoseli.Com

अाइपीयाेका लागि तयारी सकेका वित्तीय संस्थाहरू

प्राथमिक बजारमा लगानीको सोचमा हुनुहुन्छ भने अबको केहि महिना भित्रमा आधादर्जन बढी कम्पनीहरुको साधारण शेयर निष्काशन हुदैछ ।

धितोपत्र बोर्डका अनुसार साधारण शेयर निष्काशनका लागि आवेदन दिएकामध्ये अधिकाश कम्पनीहरुले पहिलो चरणको कमेन्ट पाईसकेका छन् । धितोपत्र निष्काशनको सबै प्रक्रिया पुरा गर्दा तीन देखि चार महिनाभित्रमा अधिकाश कम्पनीहरुको आईपिओ निष्काशन हुनेछ ।

 

                                          साधारण सेयर निस्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरु

सिनर्जी पावर डेभलपमेन्ट– कम्पनीले ७ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छ। स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो। यो कम्पनीले दोलखामा ९.६ मेगावाटको सिप्रिङ जलविद्युत आयोजना निर्माण गरेको छ। सेयर निस्कासनको मुख्य प्रबद्र्धक सिभिल क्यापिटल मार्केट रहेको छ। १० मेगावाट विद्युत क्षमता रहेको दोलखाको सिप्रिङ खोला हाइड्रोमा कम्पनीको लगानी रहेको छ।

ग्रिन डेभलपमेन्ट बैंक– यो विकास बैंकले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ। एनआईबीएल क्यापिटलले मुख्य प्रबद्र्धकको जिम्मेवारी लिएको छ। बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको यो विकास बैंकले कास्की र म्याग्दी जिल्लामा पनि कार्यालयको लागि अख्तियारी पाएको छ।

दिब्यश्वेरी हाइड्रो पावर– यो कम्पनीले २ करोड ६४ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्देछ । कम्पनीले गत पुष नौ गते धितोपत्रबोर्डमा शेयर निष्काशनका लागि आवेदन दिएको थियो भने बोर्डले कम्पनीले गरेको आवदेनमा माघ १२ गते पहिलो कमेन्ट गरेको छ ।

अरुण काबेली पावर– यो कम्पनीको १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन हुने छ। सर्वसाधारणका लागि सेयर निस्कासन गर्न लागेको कम्पनीले प्रबद्र्धकका रुपमा सिद्धार्थ क्यापिटलसँग सम्झौता गरेको छ। कम्पनीले गत पुस २४ गते धितोपत्र बोर्डमा सेयर आवेदन खोल्न निवेदन दिएको थियो भने बोर्डबाट फागुन ३ गते पहिलो कमेन्ट पाईसकेको छ ।

नेशनल माइक्रोफाइनान्स– यो लघुवित्तले ३ करोड रुपैयाँ बराबरको सेयर दिने छ। गत माघ ६ गते सेयर निस्कासनका लागि बोर्डमा निवेदन हालेको हो। कम्पनीले प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटलसित सम्झौता गरेको छ। यो राष्ट्रियस्तरको लघुवित्त कम्पनी हो। धादिङमा यसको मुख्य कार्यालय रहेको छ। कम्पनीको आवेदन बोर्डले गत फागुन २७ मा पहिलो कमेन्ट पठाएको छ ।

सूर्योदय लघुवित्त– १ करोड २० लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि दिने भन्दै यो कम्पनीले गत माघ १४ गते बोर्डमा निवेदन दिएको छ। ग्लोबल आईएमई क्यापिटल प्रबद्र्धकका रुपमा रहेको छ। स्याङ्जाको पुतलीबजारमा मुख्य कार्यालय रहेको यो संस्थाको कार्यक्षेत्र बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, मनाङ, लमजुङ, मुस्ताङ, गुल्मी, प्युठान र रोल्पा रहेको छ।

खानीखोला हाइड्रोपावर–गत माघ २१ गते कम्पनीले धितोपत्र बोर्डमा सेयर निस्कासनका लागि निवेदन दिएको छ। ९ करोड ३१ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्ने कम्पनीको तयारी छ। सिभिल क्यापिटल मार्केट यसको प्रबद्र्धकका रुपमा छनोट भएको छ। कम्पनीले ललितपुरको भट्टेडाँडाबाट २ मेगावाट विद्युत र ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादनमा लगानी गरेको छ। कम्पनीले यसअघि प्रभावित स्थानीयका लागि सेयर दिइसकेको छ।

हिमालयन पावर पार्टनर–गत फागुन ४ गते यो कम्पनीले १० करोड ६५ लाख रुपैयाँको सेयर सर्वसाधारणलाई निस्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। जसको सेयर प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

आरएसडीसी लद्युवित्त– गत फागुन १८ गते यो कम्पनीले ४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको छ । जसको प्रबद्धकको रुपमा एनआईबीएल क्यापिटल रहेको छ । बोर्डले कम्पनीले प्रस्ताव गरेको आवेदनको अध्ययन गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर