newskoseli.Com

अमेरिकनहरूलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा नयाँ प्रतिबन्ध लगाइएको सूचना जारी गरेको छ । यसअघि पनि अमेरिकीलाई उत्तर कोरिया जान सहज त थिएन तर जानै नपाइने गरी प्रतिबन्धात्मक व्यवस्था भने गरिएको थिएन ।

पछिल्लो समय उत्तर कोरियामा अमेरिकी नागरिक असुरक्षित रहेको निष्कर्ष अमेरिकी विदेश मन्त्रालयले यात्रामा प्रतिबन्ध लगाएको बताइएको छ । यसअघि एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियामा पक्राउ गरी लामो समय जेलमा राखिएको घटनाप्रति अमेरिकाले कडा विरोध गर्दै अमेरिकी नागरिकलाई उत्तर कोरिया भ्रमणमा प्रतिबन्ध लगाउने बताउँदै आएको थियो ।

अमेरिकाको यो नयाँ नियम सेप्टेम्बर १ देखि लागू हुने बताइएको छ । उत्तर कोरियामा अमेरिकी नागरिकलाई पक्राउ गर्न सक्ने खतरा रहेको भन्दै अमेरिकाले सो घोषणा गरेको हो ।

एक २२ वर्षीय अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले प्योङयाङमा नियन्त्रणमा लिएको थियो । उनलाई एक वर्षभन्दा लामो समयदेखि जेलमा राखिएको थियो । पछि उनलाई जेलमुक्त गरे पनि उनको निधन भएको थियो ।

नयाँ प्रतिबन्ध कम्तिमा पनि एक वर्षसम्म जारी रहनेछ । यस अवधिमा उक्त निर्णयको अवस्था हेरेर पछि अर्काे निर्णय गर्न पनि सकिने बताइएको छ । नयाँ नियमअनुसार कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको राहदानीबाट उत्तर कोरियाको भ्रमण गर्न पाउने छैन । उसले उत्तरको भ्रमणका लागि अर्काे एक विशेष कागजात प्राप्त गर्नु पर्नेछ ।

पछिल्लो समयमा उत्तर र दक्षिण कोरिया एवम् संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच ठूलो विवाद चलिरहेको छ । उत्तर कोरियाले गरेको आणविक क्षेप्यास्त्र परीक्षणबाट उत्तर कोरियामाथि अमेरिका र संयुक्त राज्य अमेरिकाले नाकाबन्दी पनि लगाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर