newskoseli.Com

बाढीबाट ९ जनाको मृत्यु, २४ बेपत्ता

भियतनामका विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी ९ व्यक्तिको मृत्यु भएको छ । बाढीमा परी करिव २४ जना बेपत्ता भएका राष्ट्रिय प्रकोप व्यवस्थापन तथा नियन्त्रण विभागले शुक्रबार जानकारी दिएको छ ।

बाढीले करिव २ सय घर बगाएको छ । बाढीका कारण कयौं राष्ट्रिय राजमार्ग र सयौं हेक्टर खेतीयोग्य जमीन समेत नष्ट भएको छ । सोन ला ,येन बाइ र लाई चुग प्रान्तमा बाढीको प्रभाव परेको छ । शुक्रबार माध्याह्नसम्म ती प्रान्तमा २४ व्यक्ति बेपत्ता भएका छन् ।

भियतनाममा यस वर्षको सुरुदेखि हालसम्म आएको बाढी र आँधीलगायत प्रकोपमा परी ७५ व्यक्तिको मृत्यु हुनुका साथै ७७ व्यक्ति घाइते भएका कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर