newskoseli.Com

चलचित्रकर्मी परिचयत्र पत्र वितरणमा विवाद

चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले १३ जना चलचित्रकर्मीलाई श्रेणीमा विभाजित गर्दै परिचय पत्र वितरण गरेपछि अहिले यसको समर्थन र विरोध भैरहेका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले यो वितरण प्रक्रिया अब निरन्तर जारी रहने बताइरहेका छन् । तर, फेसबुकका भित्तादेखि सामाजिक संजालमा चलचित्रकर्मीलाई वितरण गर्न थालिएको ‘परिचय पत्र’ गलत भएको र यसले पछि राजनीतिक आस्थाको रुप लिने तर्कहरु आइरहेका छन् ।

‘चलचित्रकर्मी परिचयपत्र’ पाउनेहरुले नै सरकारको शैलिको आलोचना गरिरहेका छन् भने चलचित्रकर्मी परिचयपत्र वितरण सुरु भएसँगै विवादमा परेको छ । बोर्डले परिचयपत्र दिएसगै कलाकारहरुको ‘श्रेणी’ समेत विभाजन गर्ने कुरा गरेपछि कलाकर्मी थप आक्रोशित भएका छन् । कतिपय कलाकर्मीको टिप्पणी छ ‘विकास बोर्डले नेपाली कलाकर्मीलाई राजनीतिक दलका कार्यकर्ता बनाउने भयो ।’

चर्चित कलाकार सन्तोष पन्तले राज्यले यसरी श्रेणी विभाजित गर्नुभन्दा अगाडि को कलाकार हुन् भनेर पहिचान गर्नुपर्ने बताउँछन् । यता, ‘विशिष्ट’ श्रेणीको परिचय पत्र पाएका कलाकार निर शाह राज्यले कलाकारलाई परिचय पत्र दिनु राम्रो भएतापनि समाजबाट पाइने व्यवहार र कलाकर्मीले आफूलाई प्रस्तु गर्ने व्यवहारका आधारमा यसको गरिमा रहने बताउँछन् । नायक भूवन केसी भने राज्यले कलाकारलाई रातो पासपोर्ट नै दिनुपर्ने बताउँछन् । उनले राज्यले दिएको यस्तो सम्मानलाई स्वागत गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर