newskoseli.Com

सेनले प्रकाशित गरे ‘सहिदको रगत’…

बिहीबार राजधानीमा साहित्यकार सुव सेनको इतिहास नाटक ‘सहिदको रगत’ लोकार्पण भयो । गुल्मेली समाजद्वारा आयोजित कार्यक्रममा स्रष्टाहरु अशेष मल्ल, डा. देवीप्रसाद सुवेदी र अरविन्द रिमालले पुस्तकको लोकार्पण गरेका हुन् ।

साहित्यकार सेन पूर्वसभासद् र पूर्वअञ्चलाधीश समेत हुन् । पुस्तक राणा शासनको विरोधमा आवाज उठाउँदा झुन्ड्याएर मारिएका सहिद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको यथार्थ कथामा आधारित छ ।

देश र जनताका लागि छातीमा गोली थापेर आफ्नो जीवन बलिदान दिने अमर सहिदलाई समाजले बिर्सन थालेको तथा अपराध कर्ममा लागेर मृत्यु भएकालाई पनि सहिद घोषणा गरेर १० लाख रूपैयाँ दिने प्रवृत्तिबाट चिन्तित भएर कृति तयार पारिएको लेखक सेनले बताए ।

इतिहासकार रिमालले पुस्तक इतिहासको ज्युँदो दस्तावेज भएको बताए । समालोचक डा. सुवेदीले पुस्तकलाई भावी पुस्ताले रंगमञ्चीय प्रस्तुतिमा ल्याउने अपेक्षा व्यक्त गरे । पुस्तकमा इतिहासका घटनाक्रमलाई सिलसिलाबद्ध रुपमा प्रस्तुत गरिएको नाटककार मल्लले बताए ।

समाजका महासचिव टंक पन्तले सहिद मर्दछ तर त्यसपछि उसको शासन प्रारम्भ हुन्छ भन्ने बोध गराउन पुस्तक सफल रहेको टिप्पणी गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर