newskoseli.Com

ठगीको आरोपमा पेट्रोलपम्पका सञ्चालक जेल चलान

उपभोक्ता ठगेको आरोपमा काभ्रेपलाञ्चोकमा  एउटा पेट्रोलपम्पका सञ्चालकलाई पूर्पक्षका लागि जेल चलान गरिएको छ ।

नारायाण आयलस्टोर जनगालका सञ्चालक धनश्याम खत्रीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले थुनामा राख्न आदेश दिएको हो ।

लामो समयदेखि फरार रहेका उनी अदालतमा आएर बयान दिएपछि खत्रीलाई पूर्पक्षका लागि अनुसन्धान गर्न भन्दै कारागार चलान गरेको  कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लाका ६ वटा पेट्रोलपम्पमा मेसिन जडान गरी उपभोक्ता ठग्दै आएको अनुगमनको क्रममा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ६ वटै पम्पका सञ्चालकलाई उपभोक्ता ठगी र कालोबजारीमा मुद्दा चलाएको थियो ।

खत्रीले २०७२ साल असार ४ गतेदेखि २०७२ मङ्सिर १० गतेसम्म रु ११ लाख ५४ हजार ४२२ ठगी गरेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर