newskoseli.Com

बनेपा–काठमाण्डौँ सिधा बस सञ्चालन सुरु

बनेपाबाट काठमाण्डाैका लागि आजदेखि सिधा बस सञ्चालनमा आएको छ । काभ्रे बस व्यवसायी सङ्घ र काभ्रे मिनी बस सेवा समितिले संयुक्त रुपमा बनेपाका स्थानीयवासीका लागि लक्षित गरेर १५ वटा बस सञ्चालनमा ल्याएको हो ।

हरेक १५ मिनेटमा सञ्चालन हुने बसमध्ये काभ्रे बस व्यवसायी सङ्घले पाँच र काभ्रे मिनी बस सेवा समितिले १० वटा बस सञ्चालन गर्ने यातायात व्यवसायी सुरकृष्ण वैद्यले जानकारी दिए। विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाण्डाैको लागि बस छुट्दै आएको थियो ।

धुलिखेल र पनौतीबाट काठमाण्डौका लागि बनेपा बस आउँदा खचाखच भरिएको हुने भएकाले बनेपाका बासिन्दा उभिएर यात्रा गर्नुपर्ने अवस्था थियो, त्यसको अन्त्य भएको छ यातायात व्यवसायी वैद्यले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर