newskoseli.Com

नेपालमा भित्रिइरहेछ वर्षेनि ७ खर्ब रेमिट्यान्स

नेपालमा वार्षिक ७ खर्ब रूपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त रकममध्ये १५ प्रतिशत कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्दै आएको जानकारी दिइयो ।

देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेका छन् र बाँकी ६० प्रतिशतले बैंक देख्नै पाएका छैनन् । बैंकिङ सेवा नपुगेको दुर्गम जिल्लामा पनि सिटी एक्सप्रेसले एजेन्टमार्फत विदेशबाट पठाएको रकमको कारोबार गर्दै आएको दावी गरेको छ ।

सो कम्पनीले गाउँगाउँमा फैलिएर रहेका अाफ्ना ५ हजारभन्दा बढी एजेन्टमार्फत मासिक ३ लाखभन्दा बढी सेवाग्राहीको सेवा गर्दै आएको सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर