newskoseli.Com

श्रीलङ्कामा पहिरोबाट १६ को मृत्यु सयौँ बेपत्ता

श्रीलङ्काको केगाल्ले जिल्लामा गएको पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १६ पुगेको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

यस पहिरोमा परी सयौं व्यक्ति वेपत्ता भएका छन् । गत मङ्गलबार साँझबाट सो पहिरो जान सुरु भएको जनाइएको छ । सैनिक र उद्धार टोलीले खोजी र उद्धारकार्य जारी राखेका छन् ।

सो पहिरोमा परी सयौं व्यक्ति बेपत्ता भएका हुनाले मृतक सङ्ख्या बढ्नेसमेत अनुमान गरिएको छ । उद्धारकर्ताहरुको टोलीले करिब १४१ जनालाई तत्काल उद्धार गरेका र दुई सयभन्दा बढी घरपरिवार वेपत्ता भएका बताइएको छ ।

मौसमको खराब अवस्थाले गर्दा उद्धारको प्रयास गएराती रातभरी प्रभावित भएको बताइएको छ । सो पहिरो प्रभावित इलाकानजिकै रहेको वासिन्दाहरुलाई प्रहरी अन्यत्रै सुरक्षित इलाकामा सारेको पनि बताइएको छ ।

गत शनिबार साँझबाट परेको भारी बर्षा र हावाहुरीको कारण गएको यस पहिरोमा कम्तीमा तीन लाख ५० हजार व्यक्ति प्रभावित भएको बताइएको छ ।

यद्यपी यस पहिरोबाट प्रभावित भएका एक लाख ४० हजार व्यक्ति अस्थायी शिवीरमा बसोबास गर्दै आएका बताइएको छ । सिन्ह्वा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर