newskoseli.Com

हवाई आक्रमणमा ३ सय ६ लडाकु मारिए

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा ३ सय ६ अतिवादी इस्लामिक लडाकु मारिएका छन् ।

लडाकुहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको छ । जेट लडाकु विमानमार्फत् सेप्टेम्बर ११ देखि १६ सम्म आईएसको मुख्यालय र त्यस वरपर आक्रमण भएको हो ।

अकासात, आना, अल क्विमलगायत अन्बार प्रदेशका विभिन्न ठाँउहरुमा आक्रमण भएको गुप्तचर सञ्चार अधिकृतले वक्तव्यमा जनाएका छन् ।
हवाई आक्रमण अकासात क्षेत्रमा २९ जना आर्इएस लडाकुहरुलाई लक्षित गरेर अाक्रमण गरिएको थियो । ४ जना आतंकवादी नेतासहित १ सय २० जना लडाकुहरु मारिएको वक्तव्यमा जनाइएको छ ।

मायाडिन क्षेत्रका ६ जनालाई पनि लक्षित गरेर हवाई आक्रमण गरिएको थियो, जहाँ दर्जनौ लडाकुहरु मारिएका छन् भने ३ वटा सवारी साधन पनि ध्वस्त भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर